असहाय, अशक्त, अपाङ्ग, विपद् पीडित तथा आप्रवासी नेपाली श्रमिकहरूको सेवामा समर्पित आधिकारिक मानवीय डोनेसन प्लेटफर्म।
Help Madhes को स्थापना (२०१८) देखि हालसम्म १ करोड रुपैयाँभन्दा बढी (Over NPR 10 Million+ / RM 350,000+) को प्रत्यक्ष आर्थिक, स्वास्थ्य र खाद्य राहत विपन्न, अपाङ्ग, असहाय तथा समस्यामा परेका व्यक्तिहरूलाई वितरण भइसकेको छ। प्रत्येक अभियानको भिडियो, फोटो तथा आर्थिक हिसाब-किताब सार्वजनिक रूपमा सुरक्षित छ।
Help Madhes (हेल्प मधेश) मलेसियामा कार्यरत नेपाली तथा मधेशी समुदायको पहलमा स्थापित एक गैर-नाफामूलक, विशुद्ध मानवीय परोपकारी सामाजिक संस्था हो (दर्ता नं. 2411)।
यो वेबसाइट तथा मोबाइल एप संसारभरिका नेपाली मनहरूलाई एकताबद्ध गर्दै खाँचोमा परेका विपन्न तथा असहाय व्यक्तिहरूलाई पारदर्शी रूपमा सहयोग पुर्याउन सञ्चालन गरिएको आधिकारिक डोनेसन तथा मानवीय राहत हब हो। यहाँ संकलन गरिने प्रत्येक पैसा व्यावसायिक नाफा वा व्यापारको लागि नभई पूर्णतया मानवीय सेवामा मात्र खर्च हुन्छ।
संस्थाको आधिकारिक विधान र राहत नीति अनुसार संकलित कोष निम्न प्राथमिक क्षेत्रहरूमा प्रत्यक्ष परिचालन गरिन्छ:
संस्थामा संकलन हुने प्रत्येक रकमको हिसाब-किताब पारदर्शी छ। यहाँ कुनै किसिमको गैरकानूनी (Illegal) गतिविधि हुँदैन:
"हामी मिले सहयोग गर्छौं, मिलेर जीवन बदल्छौं।" संसारभरि छरिएका नेपाली तथा मधेसी दाजुभाइ दिदीबहिनीहरूलाई यस महान् परोपकारी महाअभियानमा सक्रिय सदस्य बनेर जोडिन हार्दिक अपिल गर्दछौं:
परोपकारी राहत कोषमा प्राप्त रकम तत्काल स्थलगत उद्धार तथा बिरामीको उपचारमा परिचालन हुने भएकाले साधारणतया डोनेसन रकम फिर्ता हुँदैन। यद्यपि, प्राविधिक त्रुटिवश दोहोरो रकम काटिएको वा बैंक समस्या भएमा कारोबार भएको ७ दिनभित्र रसिद प्रमाण सहित info@helpmadhes.org मा सम्पर्क गर्न सक्नुहुन्छ।